www.tandavnews.com
Fact ~ In search of truth

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, मुलुकभर सार्वजनिक बिदा

ताण्डव

आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । पोखरालगायत देशभरका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रतबसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।

जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको भए पनि कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेको कारण यो वर्ष पूजा विधि पुर्याउन मात्र गरिने भएको छ । काठमाडौंको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतन धाममा पनि भक्तजनको भीड लाग्ने गरेकोमा यस वर्ष दुवैतिर विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने तयारी भएको छ ।

Batas

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकोमा यस वर्ष पूजा आराधना मात्र गर्ने तयारी छ । यस्तैै पोखराको रानीपौवास्थित राधाकृष्ण मन्दिरमा पनि यस वर्ष सामान्य पूजाआजा मात्रै गरिने भएको जनाइएको छ । आज मुलुकभरमा सार्वजनिक बिदा दिइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.