www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा आज जम्मा ८५ जना संक्रमित, ५ को मृत्यु

ताण्डव

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ९ सय ७० जनामा गरिएको नमुना परीक्षणमा थप १ सय ५७ जनामा मात्रै पोजेटिभ रिपोर्ट देखिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर १३, स्याङ्जा २१, कास्की ८५, तनहुँ १०, म्याग्दी ५, लमजुङ १०, बागलुङ २ र पर्वत २ जना सक्रिय संक्रिमत रहेका छन् । कास्कीमा हिजोको तुलनामा ६२ जना नयाँ संक्रमित थएिको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ३ सय ४४ जना निको भएर घर फर्किएका छन् भने २ हजार ६ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् । बिहिबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । आज प्रदेशभरी नै संक्रमितको संख्यामा थोरै भए नि कमी आएको तथ्यांकले देखाउँछ ।

Batas

आज गण्डकी प्रदेशमा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँकी ४८ वर्षीय महिला, पर्वत कुश्माका ७५ वर्षीय पुरुष, पोखराकी क्रमशः ८४ वर्षीय महिला, ४४ वर्षीय पुरुष र ८१ वर्षीय पुरुष रहेको छ । हालसम्म कास्कीमा संक्रमितको संख्या ३३ हजार १ सय ३३ जनामा पुष्टि भएको छ । यस्तै निको भएर घर फर्किनेमा ३१ हजार २ सय ३४ जना रहेका छन् । सक्रिय केस १३ सय ३५ रहेका छन् भने मृत्यु हुनेको संख्या ५ सय ६४ रहेको छ ।

देशभर आजको अपडेट

देशभर आज १ हजार ७ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घन्टामा १४ हजार ३ सय ३४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको संख्या ३३ हजार ६ पुगेको छ ।

आज २ हजार २ सय ७४ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ७ लाख २३ हजार ४ सय ५६ जना संक्रमण मुक्त भएका छन् । बिहिबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । लगातार २ दिनदेखि संक्रमण मुक्त हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत र बिहीबार ९४.२ प्रतिशत संक्रमण मुक्त हुने दर रहेकामा आज ९४.३ प्रतिशत पुगेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घन्टामा २३ जनाको ज्यान गएको छ । हालसम्म १० हजार ८ सय ९ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४.३ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

त्यस्तै ५ सय ४० सघन उपचारकक्ष (आइसियू), १ सय ५६ भेन्टिलेटर, ३० हजार ६ सय ६२ होमआइसोलेसन, २ हजार ३ सय ४४ संस्थागत आइसोलेसन र २ सय ७४ जना क्वारेन्टिनमा छन् । नेपालमा संक्रमणको दर १९.५ प्रतिशत छ । ५ सयभन्दा बढी संक्रमित हुने जिल्ला १९ वटा छन् । आज १ लाख ६४ हजार ३ सय २ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.