www.tandavnews.com
Fact ~ In search of truth

पोखरा: कुकुरको घाँटीमा पासो लगाई हत्या गर्ने यूवक पक्राउ

पोखरा, ताण्डव न्यूज ।

कुकुरको घाँटीमा पासो लगाएर हत्या गरेको अभियोगमा पोखरामा एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने २३ वर्षीय सुदीप परियार रहेका छन् ।

उनले प्लास्टिकको डोरीले कुकुरको घाँटीमा पासो लगाएर निर्ममता पूर्वक हत्या गरेका हुन् । कास्की प्रहरी प्रवक्ता (डिएसपी)सुन्दर तिवारीले दिएको जानकारी अनुसार परियारले मारेको कुकुरलाई सेती खोँचमा लगेर फालेका थिए । परियारले उक्त घटनाको भिडियो बनाई सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट समेत गरेपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका परियारको साथमा रहेको मोवाईलमा समेत उक्त भिडियो फेला परेपछि त्यसलाई प्रहरीले प्रमाणका रुपमा हेरेको छ । परियार विरुद्ध कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसूरमा नौ (९) दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रवक्ता तिवारीले बताए ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.