www.tandavnews.com
Fact ~ In search of truth

निर्मलपोखरीबाट लागुऔषधसहित २ पक्राउ

ताण्डव
पोखरा महानगरपालिका २१ निर्मलपोखरीबाट २ जनालाई प्रहरीले लागुऔषधसहित आइतबार पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको कोठाबाट डाइजेपाम ९३ एम्पुल, फेनारगन ९३ एम्पुल र नुर्फिन ९३ एम्पुल गरी जम्मा २७९ एम्पुल लागुऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा निर्मलपोखरी बस्ने वर्ष २८ का विमल राई र दीप बस्ने वर्ष २० का राजेन्द्र परियार रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.