www.tandavnews.com
Fact ~ In search of truth

संखुवासभा सामूहिक हत्याकाण्डः १ जना पक्राउ

भविन कार्की

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै १ व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

गत सोमबार मादी –१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उहाँकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

Batas

घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ लगायतको टोली घटनास्थल पुगेको थियो । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति कार्की परिवारकै आफन्त भएको संखुवासभाका प्रहरी प्रमुख सुवेदीले जानकारी दिएका छन् । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका ती व्यक्तिको नाम आइतबार नै सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.