www.tandavnews.com
Fact ~ In search of truth

बाढीपहिरो प्रभावितलाई ताराखोला समाज जापानमार्फत ७ लाख नगद सहयोग

ताण्डव

रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु ७ लाख नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापानमार्फत संकलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो ।

राहत रकम बुझ्नेमा वडा नं १ का २, २ का ११, ३ का १४, ४ का २ र वडा नं ५ का ५ परिवार छन् । एउटा परिवारलाई न्यूनतम रु ५ हजारदेखि बढीमा रु १ लाख २० हजारसम्म राहत सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ । स्थानीयस्तरमा गठित ताराखोला समाजद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतले संयुक्तरूपमा राहत रकम प्रदान गरेको थियो ।

Batas

सो समितिका सचिव गणेश कार्कीका अनुसार समाजले वडा नं ३ मा रहेको हिल स्वास्थ्यचौकीका लागि रु ८ लाख बराबरका भिडियो एक्स–रे, एनालाइजरलगायत स्वास्थ्य उपकरण/सामग्रीसमेत प्रदान गरेको छ । समाजले यसअघि गाउँपालिकाको विपद् कोषमा रु १४ लाख जम्मा गरेको थियो । गाउँपालिका अध्यक्ष घर्तीले प्रवासी नेपालीले आफ्नो गाउँका लागि निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

समाजले गाउँपालिकामा हुने विपद्का घटनादेखि विकास निर्माणका अभियानमा सहकार्य गर्दै आएको उनले स्मरण गरे । ताराखोलासँगै गलकोट, लेखानी समाज जापानलगायत प्रवासी नेपालीले खोलेका संघसंस्था मानवीय सेवाका काममा सक्रिय छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.