www.tandavnews.com
Fact ~ In search of truth

रूसको १ क्याम्पसमा गोली चल्दा कम्तिमा ८ जनाको मृत्यु

मस्को

मध्य रुसको १ विश्वविद्यालय परिसरमा सोमबार १ विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ८ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोलीकाण्ड हो ।

प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी’ मा भएको आक्रमणमा धेरै व्यक्ति घाइते भएको र आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा उनी पनि घाइते भएका छन् । उक्त घटनामा सुरूमा ५ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका जानकारी अनुसन्धानकर्ताहरूले गराएका थिए ।

Batas

सामान्यतया शिक्षण संस्थामा कडा सुरक्षाको कारण र कानुनी तवरमा बन्दुक किन्न कठिनाइको कारण रूसमा तुलनात्मक रूपमा शिक्षालयमा यस्ता आक्रमण कमै हुने गरेका छन् । रूसमा शिकार खेल्न राइफल दर्ता गर्न सम्भव भएपनि अन्य अवस्थामा आधुनिक हतियार राख्न पाइँदैन ।

सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा विद्यार्थीहरूले आक्रमणकारीबाट भाग्न उफ्रनुअघि परिसरका भवनहरूबाट सामानहरू फ्याँक्दै गरेको देखाइएको थियो । राज्य सञ्चार माध्यमहरूले दिएको रिपोर्टअनुसार सोमबारको आक्रमणको दौडान कालो छद्मभेषी कालो पहिरन र हेलमेट लगाएका व्यक्तिहरू हतियार बोकेर परिसर हुँदै हिंडिरहेको देखाइएको छ ।

रूसमा यस्तै एक घातक आक्रमण सन् २०२१ को मे महिनामा भएको थियो र उक्त आक्रमणमा रुसको मध्य सहर काजानस्थित १ विद्यालयमा १९ वर्षीय पूर्व विद्यार्थीले गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरूले उक्त आक्रमणमा संलग्न ती व्यक्तिको मानसिक अवस्था बिग्रिएको थियो ।

रासस/एएफपी

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.