www.tandavnews.com
Fact ~ In search of truth

विश्व शान्ति दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न

ताण्डव न्यूज

विश्व शान्ति दिवस तथा मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजको जन्मोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल मानव धर्म सेवा समितिका सबै शाखा आश्रमहरुमा मगंलबार आध्यात्मिक सत्संग, सांस्कृतिक लगायतका कार्यक्रम आयोजना भएकाे थियाे ।

Batas

दिवस कै अवसरमा समितिले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४ सय ३ पिन्ट रगत संकलन भएको छ । समितिको केन्द्रीय कार्यालय काठमाडौंैमा १ सय ५, इटहरीमा ८५, बुटवलमा ८०, विरगञ्ज ५०, सुर्खेत ५१ र पोखरा ३५ पिन्ट रगत संकलन भएको समितिले जनाएको छ ।

कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाइजीले समाज परिवर्तनको मुख्य बाटो भनेको अध्यात्म नै रहेको बताइन् । अहिलेका युवाहरु विकृतीमा फसिरहेको उदाहरण दिँदै महात्मा चमेली बाइजीले उनीहरुलाई अध्यात्मको बाटोमा ल्याउनका लागि अभिभावकले नै पहल लिनुपर्ने सुनाइन् । सोही अवसरमा भर्चुअल ग्लोबल क्विज प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिनुका साथै सांस्कृतिक तथा भक्ति संगीतका कार्यक्रम आयोजना भएको थियो ।

जन्मोत्सव कै अवसरमा भ्वाईस अफ नेपालका फाइनालिष्ट आर्यन तामाङलाई सम्मानसमेत गरिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.