www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोभिडः आज कास्कीमा ४ जनाको मृत्यु, १ सय २४ संक्रमित

ताण्डव न्यूज
स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थप १ सय ९२ जनाको कोभिड रिपोर्ट पोजेटिभ आएको छ । आज १ हजार २ सय ५६ जनामा परीक्षण गरिएको थियो । १ सय ९२ मध्ये आज कास्कीमा मात्रै १ सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर २, तनहुँ ३, गोरखा ३१, लमजुङ १०, स्याङ्जा १३, म्याग्दी ७ र पर्वत २ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका २ सय ६२ जना निको भएर घर फर्किएका छन् । त्यस्तै ९ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् ।

आज गण्डकीमा ४ जनाको कोभिडका कारण निधन भएको छ । सबै चारै जना कास्कीको रहेको निर्देशनालयले उल्लेख गरेको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.