www.tandavnews.com
Fact ~ In search of truth

व्यापक विरोधपछि हट्यो पोखरा महानगर कार्यालय आडैको मदिरा विज्ञापन

अन्य ४/५ ठाउँमा राखिएका विज्ञापन पनि नगर प्रहरीले हटाएको छ

पोखरा ताण्डव न्यूज

चौतर्फी आलोचना पछि पोखरा महानगरपालिकाको गेटसँगै रहेको यात्रु प्रतिक्षालयमा रहेको मदिराको विज्ञापन हटाइएको छ ।

महानगरकै अगाडीको प्रतिक्षालयसहित पोखराका अन्य विभिन्न स्थानमा रहेका यात्रु प्रतिक्षालयहरुमा फुटसलबारे गरिएको प्रचार सामाग्रीमा मदिराको समेत विज्ञापन समावेश थियो । नागरिक समाज, वडा अध्यक्षलगायत सर्वसाधारणबाट समेत चौतर्फी विरोध भएपछि ती सामाग्री हटाइएको महानगरका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले बताए ।

Batas

‘प्रचार सामाग्री राख्ने कम्पनीलाई पनि नियम विपरित सामाग्री नराख्न भनेका छौँ’ उनले भने महानगरको ‘गेट नजिकैको सँगै अन्य ४/५ ठाउँमा राखिएका सामाग्री पनि नगर प्रहरीले हटाएको छ’ नेपाल सरकारको नीति अनुसार सार्वजनिक स्थलहरुमा सूर्ती तथा मदिराजन्य पदार्थको प्रचारप्रसार गर्न नपाइने भएकाले त्यस्ता ठाउँहरुमा मादक पदार्थका विज्ञापन गर्न नपाइने उनले बताए ।

‘अब पालो फुटसलको’ लेखिएको प्रचार सामाग्रीमा रक्सीको विज्ञापन गरिएको थियो । उक्त सामाग्रीलाई लिएर समाजिक सञ्जालहरुका चौतर्फी आलोचना भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.