www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घन्टामा आज ७ सय ८ संक्रमित, ९ सय ३२ संक्रमण मुक्त

काठमाडौँ

नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकमा ९ हजार ३ सय ७६ जनामा कोरोना परीक्षण गर्दा ७ सय ८ जनामा संक्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार ९ सय ४६ जना रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला ४ र २ सयभन्दा बढी संक्रमित भएका जिल्ला १४ रहेका छन् । ५ सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.५ प्रतिशत रहेको छ । संक्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् ।

Batas

पछिल्लो २४ घन्टामा ९ सय ३२ जना संक्रमणबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख ८५ हजार ८ सय १३ जनामा संक्रमण रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ । आज कोरोना संक्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ३ सय ३७ जनाको निधन भएको छ ।

त्यसैगरी होम आइसोलेसन १० हजार १ सय १६, संस्थागत आइसोलेसनमा ८ सय ३० जना, सघन उपचार कक्ष ‘आइसियु’ मा २ सय ७९ र भेन्टिलेटरमा ९१ जना रहेका छन् । आज ५८ हजार ८ सय ५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ९४ हजार २ सय ७४ पहिलो मात्रा र ६५ लाख ४६ हजार २ सय ३७ पूर्णमात्राको खोप लगाइसकेका छन् ।
रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.