पोखरा
ताण्डव न्यूज ।
स्याङजा बाङ्गसिङ्ग थातथलो भई पोखरा बसोबास गर्नेहरुको संस्था बाङ्गसिङ्ग पोखरा एकता समाजले गण्डकी प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेललाई बधाइ तथा सम्मान गरेको छ ।
आज शुक्रबार कार्यक्रमको आयोजना गर्दै समाजले पौडेललाई बधाइ ज्ञापन गर्नुका साथै सम्मान प्रदान गरेको छ ।
समाजका अध्यक्ष विरेन्द्रबहादुर हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खडानन्द लामिछानेले उपस्थित ब्यक्तिहरुलाई स्वागत गरे । सल्लाहाकार नवराज पौडेलले सम्मानित डा पौडेलबारे परिचयात्मक मन्तब्य राखे ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ख्यामनारायण पौडेल, निवर्तमान अध्यक्ष ध्रुवराज पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव अर्जुन पौडेलले गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.