www.tandavnews.com
Fact ~ In search of truth

सराेकारवालाहरू भन्छन्न, ‘नेपालमा पोलियोको जोखिम कायमै’

चितवन

नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् ।

विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन् ।

Batas

रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का ८ वटा क्लबको आयोजना गरेको मोटर ¥यालीपछि आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का पूर्वगभर्नर रविन्द्रकुमार पियाले नेपालमा पोलियो उन्मूलन भए पनि छिमेकी देशमा उन्मूलन हुन नसक्दा जोखिम रहेको बताए । उनले भने, ‘रोटरियन पोलियो रोग उन्मूलनमा लागिराखेका छन् । छिमेकी देशको असर यहाँ नदेखिएला भन्न सकिँदैन ।’

रोटरीको पोलियो विभागका सल्लाहकार शरदगोपाल न्याछ्योले पोलियो रोग उन्मूलनका लागि रोटरीले सन् १९५३ देखि अभियान सुरु गरेको जानकारी दिए । यो अभियानमा सबै लाग्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा रोटरियन नारायण प्रधान, रोशन पिया, विपिन पोखरेल लगायतले बोलेका थिए ।

कार्यक्रमअघि पूर्वी चितवनको लोथरबाट उद्योग वाणिज्य संघ चितवनको प्रांगणसम्म मोटर ¥याली गरिएको थियो । जनचेतनामूलक उक्त ¥यालीमा मोटरसाइकल र कार सहभागी थिए । यसअघि शनिबार नारायणगढबाट सौराहासम्म साइकल ¥याली गरिएको थियो । कार्यक्रमका संयोजक विपिन पोखरेलका अनुसार २ दिन जनचेतना जगाउने उद्देश्यले ¥यालीको आयोजना गरी आज कार्यक्रमको समापन गरिएको हो ।

अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.