www.tandavnews.com
Fact ~ In search of truth

बत्तिमायाको घरमा प्रहरीको छापा, कच्चापदार्थसहित अवैध घरेलु मदिरा बरामत (फोटोसहित)

प्रहरीले  यस अघिसमेत बत्तिमायाकै मर्चा बसमा पोखरा लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियाे

पोखरा, ताण्डव न्यूज

पोखरा महानगरपालिका २९ स्थित भण्डारढिक नयांबस्तीमा ईलाका प्रहरी कार्यालय डाडाँकोनाक कास्कीले छापा मारेको छ ।

प्रहरी सहायक निरिक्षक कृष्णबहादुर रानाभाट कमाण्डमा आज (बिहिबार) अवैध घरेलु मदिरा उत्पादन गरिरहेको बत्तिमाया गुरुङको घरमा छापा मारेको हो । सो घरबाट अवैध रुपमा उत्पादन गरिएको करिब २ सय लिटर मदिरा, ३ सय किलो मर्चा, १९ ड्रममा १ हजार ९ सय लिटर कच्चापदार्थ तथा भाँडाकुडा बरामत गरेको ईलाका प्रहरी कार्यालय डाडाँकोनाक प्रमुख प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

Batas

डिएसपी मरासिनीले यस अघिसमेत बत्तिमायाकै मर्चा बसमा पोखरा लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताए । ‘अस्ति पनि गको थियौं, त्यतिखेर पारेको थिएन । आज चाँहि कन्फर्म हुन्छ भन्ने थियो । सायद तातै होला रक्सी, उनले भने, ‘पार्न दिउँ । बजारमा नलादै हानम्ला भनेर आज गएका हौ ।’

बरामत भएको कीरा परेको मर्चा

अवैध रुपमा घरेलु मदिरा उत्पादन गरेका गुरुङ दाम्पत्यलाई शुक्रबार बिहान १० बजे प्रहरी कार्यालयमा उपस्थिति गराई आवश्यक कारवाही गर्ने बताए । ‘सबै ल्याउने त्यसपछि यो कच्चापदार्थ हेरेर मिसावट छ छैन । अखाद्यपदार्थ छ भने कालो बजारीमा जान सक्छ, मरासिनीले भने, ‘यो अखाद्यपदार्थ हो यसले समाजमा ठूलाठूला घटना सिर्जित हुन्छन् भन्ने किसिमले ल्याएको हो । यो गैरकानूनी हो । त्यसैले विक्री वितरणका लागि पार्न पाईन्न । धार्मिक मान्यताको आधारमा पार्ने कुरा अलग हो । तर व्यावसायिक रुपमै यसरी गर्न पाईदैन ।’

अवैध घरेलु मदिरा बनाइँदै

त्यसैगरी वडा २९ का अध्यक्ष चेतबहादुर गुरुङले सो नयांबस्ती क्षेत्रका व्यक्तिहरुलाई पहिल्यै व्यवसायिक रुपमा मदिरा उत्पादन नगर्न आग्रह गरेको ताण्डव न्यूजलाई बताए । ‘सामान्य तरिकाले जातिय, धार्मिक हिसाबले पार्नु ठिकै हो । तर व्यवसायिक रुपमै त्यस्तो नगर्नु भनेर हामीले सबैलाई आग्रह गरेका हौ, अध्यक्ष गुरुङले भने, ‘ठुलै तरिकाले व्यवसायिक रुपमा गर्नु उपयुक्त होईन त्यसैले कानून अनुसार त्यो त अवैध भयो त्यो रोक्नुपर्छ ।’

घाममा सुकाएर राखेको मर्चा

यता बत्तिमायाले सो टोलबासी सबैले अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्दै आएको बताउँदै प्रहरीले अन्यत्र वास्ता नगरेको भन्दै आक्रोश पोखेकी थिईन् ।

भण्डार गरिएकाे मर्चा

बरामतपश्चात प्रहरी ईलाकामा नष्ट

प्रहरीको छापा पश्चात बरामत भएको अवैध रुपमा उत्पादन गरिएको करिब २ सय लिटर मदिरा, ३ सय किलो मर्चा, १९ ड्रममा १ हजार ९ सय लिटर कच्चापदार्थ तथा भाडाकुडालाई ईलाका प्रहरी कार्यालय डाडाँकोनाक परिसरमा नष्ट गरिएको छ ।

छापापश्चात नष्ट गर्न इलाका प्रहरी कार्यालय डाँडाकोनाक लगिँदै

ईलाका प्रहरी कार्यालय हंसपुर डाडाँकोनाक प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनी, पोखरा महानगरपालिका २९ का वडा अध्यक्ष चेत बहादुर गुरुङ,सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने, कोषाध्यक्ष गंगा खनाल, वडा प्रहरी कार्यालय गगनगौडाका प्रहरी नायव निरिक्षक हिरा थापा मगर तथा पत्रकार सहित स्थानिय नागरिकहरुको रोहवरमा नष्ट गरिएको हो ।

बरामत अवैध मदिरा नष्ट गर्न जेसिबीले खाल्डो खन्दै

उक्त अवैध मदिरा सहित कच्चा पदार्थलाई जेसीवीले खाल्डो खनी परिएको थियो । यस अघि समेत ईलाका प्रहरी कार्यालय हंसपुरको टोलीले शिशुवा क्षेत्रबाट अवैध घरेलु मदिरा बरामत गरी नष्ट गरेको थियो ।

बरामत मर्चा नष्ट गरिँदै

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.