www.tandavnews.com
Fact ~ In search of truth

मुलुकभर थप ३६७ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपालमा पछिल्लो २४ घण्टामा ३६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७ हजार ५५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, ४ हजार ८४८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २७० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ ।

Batas

यसैगरी देशमा हालसम्म सात हजार ३११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७४ हजार ४५२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.