www.tandavnews.com
Fact ~ In search of truth

नेकपा एमाले महाधिवेशनमा नेतृत्वको बहस सुरु

काठमाण्डौ, ताण्डव न्यूज

नेकपा एमालेमा नेतृत्वको बहस सुरु भएको छ । अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने लगभग पक्का भएपनि पदाधिकारी तथा अन्य पदमा भने निर्वाचन हुने देखिएको छ ।

अध्यक्ष बाहेकका पदाधिकारी पदमा आकांक्षी धेरै देखिएपछि निर्वाचन गरेर जाने तयारी भएको एमाले नेताहरूले बताएका छन् । यसपटकको महाधिवेशनबाट नयाँ अनुहार आउन सक्ने पनि एमाले नेताहरूले बताएका छन् । पार्टीमा सात सचिवको व्यवस्था भएकाले सम्भवतः यसपटक त्यही पदमा नयाँ नेता आउन सक्ने आँकलन गरिएको छ ।

Batas

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरिशङ्कर चौधरी नेतृत्वमा आउन इच्छुक भएका छन् । यस्तै एमालेकै मणि थापा, योगेश भट्टराई, घनश्याम भुषाल लगायतका नेताहरूले पनि नेतृत्वमा आउने चाहना राखेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.