www.tandavnews.com
Fact ~ In search of truth

अंग्रेजी नयां वर्षमा ‘कुन्ती मल फाउण्डेशन’ को सहयोग

पोखरा,
ताण्डव न्यूज।

कुन्ती मल फाउण्डेशनले अंग्रेजी नयां वर्षको अवसरमा खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

चंगा प्र्रोडक्शनको सहकार्यमा गत मंगलबार कुन्ती मल फाउण्डेशनले ५० हजार बराबरको खाद्यान्नका सामाग्री पोखरा महानगरपालिका १४ स्थित वात्स्यायन वृद्धाश्रम, कोपिला नेपाल र हिमालयन रेस्क्यु ट्रष्ट (हार्ट) लाई सहयोग प्रदान गरेको हो ।

Batas

सो खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै फाउण्डेशनका संस्थापक एवम् कुन्ती मलका सञ्चालक विवेक गुरुङले पहिलो पटक सहयोग गरेको बताए । समाज परिवर्तन र सचेतनामा युवाहरुको भुमिका महत्वपूणै हुने बताउदै सामाजिक कार्यमा लागेको गुरुङले बताए ।

भविष्यको कर्णदार मानिने युवाहरु वर्तमानको साझेदार भएको बताउदै आफुहरु अबको दिन देखी सहयोग गर्न पछि नहट्ने उनले बताए ।गुरुङले आगामी दिनमा सामाजिक सेवामा क्रियाशिल रहने गरी फाउण्डेशनको स्थापना गरिएको बताउदै अंग्रेजी नयां वर्ष देखी सहयोग गर्ने कार्यको थालनी गरेको बताए ।

गुरुङले तिन वटा स्थानमा गरी करिव ५० हजार बराबरको खाद्यान्न तथा अन्य सामाग्रीहरु सहयोग गरेको जानकारी दिए । सो सहयोग कार्यक्रममा चंगा प्रोडक्शनका निकोलस गुरुङ, गौसव गुरुङ, दिपेन गुरुङ तथा सुजन गुरुङ, रोशन गुरुङ लयागतको सहभागिता रहेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.