www.tandavnews.com
Fact ~ In search of truth

इन्डोनेसियामा ज्वालामुखीः मृत्यु हुनेको संख्या ३४ पुग्यो

जाकार्ता, एएफपी

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।

प्रभावित क्षेत्रबाट करिब ३ हजार ७०० व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । ज्वालामुखी भग्नावशेष, भत्किएका भवनहरु र ध्वस्त भएका सवारीसाधनहरुमा बाँचेका र शवहरू खोज्दै, उद्धारकर्ताहरू खतरनाक परिस्थितिसँग लडिरहेका छन् । खोजी टोलीले मङ्गलबार अपरेसनमा सहयोग गर्न कुकुरहरू तैनाथ गरेका थिए ।

Batas

यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि १७ जना व्यक्ति हराइरहेको जानकारी दिए । उाले हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने बताउनु भएको छ । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.