www.tandavnews.com
Fact ~ In search of truth

भारतमा थप झण्डै ७ हजार नयाँ संक्रमित

नयाँ दिल्ली, एएनआई

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ७ हजार संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोही अवधिमा थप २४७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये तीन हजार ३७७ जना केरला राज्यका मात्रै रहेका छन् । सो राज्यमा पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरुको सङ्ख्या ८७ हजार ५६२ रहेको छ । “अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल संक्रमितहरुको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको छ,” मन्त्रालयले भनेको छ । यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जनाएका छन ।

Batas

त्यसैगरी संक्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ९८.३८ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि सन् २०२० को मार्च पछिकै सबेभन्दा धेरै भएको अधिकारीहरुको भनाई छ । पछिल्लो २४ घण्टामा आठ हजार १६८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल संक्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ४१ लाख ४६ हजार ९३१ रहेको छ ।

नयाँ संक्रमितको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या कम हुँदै गएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.