www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमित, ओमिक्रोन पनि बढ्दो

बिहीबारमात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका संक्रमित

लण्डन, सिन्ह्वा

बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै संक्रमित बढेका छन् । यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ महामारीको प्रकोप बढेको यो दोस्रो दिन हो । अघिल्लो दिन अर्थात् बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड संक्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका संक्रमितको यो सर्वाधिक संख्या भएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

यहाँ केही समययता हरेक दिन कोभिड १९ का संक्रमितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको संक्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् । यहाँ अहिलेसम्म १ हजार ६९१ जनामा ओमिक्रोनको घातक संक्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् ।

Batas

बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार संक्रमित पुष्टि भएको जनाएको थियो । त्यसपछि सबैभन्दा बढी यहाँ बिहीबार संक्रमित देखिएका छन् । त्यसपछि सबैभन्दा बढी संक्रमित बुधबार भनिएकामा त्योभन्दा पनि बढी बिहीबार संक्रमित बढेका हुन् । यहाँ अहिलेसम्म एक करोड १० लाखभन्दा बढी संक्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ९३७ जना पुगेको बताइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.