www.tandavnews.com
Fact ~ In search of truth

कोभिड नेपालः पछिल्लो २४ घन्टामा ९४४ मा कोरोना संक्रमण पुष्टि

काठमाडौँ

देशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गर्नेको संख्या ८ लाख ३१ हजार ७४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९७ हजार ८९ पुगेको छ । पछिल्लो समय थप २९७ जना कोरोनाबाट निको भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुने संख्या ८ लाख १४ हजार ६ पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Batas

२४ घण्टामा दुई लाख बढीले लगाए खोप

पछिल्लो समय २ लाख ४३ हजार ४६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । यस रोगबाट हालसम्म शुक्रबारसम्ममा मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । हाल होमआइसोलेशनमा रहनेको संख्या ५ हजार ६३१ छ । संस्थागत आइसोलेशनमा ५०९, आइसीयूमा ८१ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.