www.tandavnews.com
Fact ~ In search of truth

कानूनमन्त्री थापाको अगाडी कुटिएका श्रेष्ठद्वारा मुद्दा दर्ता

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाकै अगाडी कुटिएका रामकाजी श्रेष्ठको मुद्दा दर्ता भएको छ । गत सोमबार पोखरा महानगरपालिका ८ बुद्धमार्गमा उपभोक्ता समितिका कोषाध्यक्ष नारायण श्रेष्ठद्वारा कुटिएका श्रेष्ठको बिहिबार मात्रै मुद्दा दर्ता भएको हो ।

‘केस दर्ता भैसक्यो अस्ति २० गते नै, श्रेष्ठले ताण्डव न्यूजसँग भने, ‘केस नम्बर ४ सय ३९ हो । अभद्र व्यवहारमा मुद्दा दर्ता भको छ ।’

Batas

श्रेष्ठले न्याय खोज्दै कास्की प्रहरीसमक्ष पुगेपनि मुद्दा दर्ताका लागि निकै संघर्ष गर्नुपरेको बताए । ‘हिजो ४ बजे आउँछु भनेर आएन । बेलुका फोन पनि उठेन । डिआईजी कार्यालयमा फोन गरेपछि आज विहान ८ बजे बल्ल आएर मुचुल्का गरेको छ’, उनले भने, ‘अस्तिन दर्ता गराउन अड्काउने अहिले मुचुल्का गर्न ।’

अभद्र व्यवहारबाट शारीरिक नभई नैतिक चोट लागेको श्रेष्ठले बताए । ‘खासै चोटपटक त लाछैन । मुक्काले हानेर लडाएको भनेर अभद्र व्यवहारमा मुद्दा हालेँ ।’

कास्की प्रहरी सो विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

पोखरा ८ न्युरोड स्थित बुद्धमार्गमा निर्माणाधिन ढलानको स्थलगत अवलोकनमा पुगेका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापालाई गुणस्तर र लेवलिङ नमिलेको भन्दै पीडित श्रेष्ठले प्रश्न गर्दा उपभोक्ता समितिका कोषाध्यक्ष नारायण श्रेष्ठले हातपात गरेका थिए ।

सम्बन्धित न्यूज

कानून मन्त्री थापाकै अगाडी कुटिदा पनि न्याय नपाएपछि…

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.