www.tandavnews.com
Fact ~ In search of truth

योगले मानवलाई तन्दुरुस्त बनाउँछ : वरिष्ठ नेता पौडेल

दमौली।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्त्वपूर्ण सहयोग पु¥याउने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै उनले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई नियमित रूपमा सञ्चालन गर्नुपर्छ भने । उनले भने, “योग शिविर ठाउँ–ठाउँमा सञ्चालन गरेर यसको महत्त्वका बारेमा उजागर गर्नुपर्छ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले योगको महत्त्वलाई बुझेर गाउँपालिकाले योग शिविर सञ्चालन गरेको बताए । उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शिविरका क्रममा मात्रै नभई दैनिक रूपमा योग गर्नुपर्नेमा जोड दिइन। यही चैत ३ गतेदेखि सुरु योग शिविरमा दैनिक ६०० भन्दा बढीको सहभागिता रहँदै आएको थियो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार शिविरमा जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण, शिक्षक सहभागी थिए ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.