www.tandavnews.com
Fact ~ In search of truth

पोखरा म्याराथन चैत १२ हुने दौडको सम्पुर्ण तयारी पुरा

पोखरा ।
‘१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत यहि चैत्र १२ गते शनिवार हुने वाँकी इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले पोखरा म्याराथन अन्तर्गत चैत्र १२ गते हुने वाँकी ६ वटा विभिन्न इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । यहि चैत्र १२ गते शनिबार १० किमि महिला÷पुरुष खुला दौड, विद्यालयस्तरिय ५ किमि छात्र÷छात्रा दौड, ह्विल चियर महिला÷पुरुष दौड र दृष्टिविहिन महिला÷पुरुष दौडको सम्पुर्ण तयारी पुरा भएको मञ्चका अधयक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

कोभिड १९ का कारण स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने भएकोले गत फागुन ७ गते मञ्चले खुला म्याराथन र हाफ म्याराथन गरी दुई वटा इभेन्ट मात्र आयोजना गरेको थियो । चैत्र १२ गते हुने इभेन्टहरुमा १ हजार ५ सय भन्दा वढीको सहभागिता रहेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

Batas

अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार १० किमि महिला÷पुरुष दौड पोखरा रंगशालाको गेट नं ६ बाट सुरु भई बुद्ध चोक, अम्वर सिंह चोक, गण्डकी हस्पिटल पुर्वी गेट हुँदै रानीपौवा चोक, महेन्द्रपुल विपी चोक, मानवअधिकार चोक हुँदै पुनः विपी चोक, न्युरोड, सभागृह चोक, सृजना चोक, जिरो किमी चोक, जरेवर, डिहिको पाटन, हल्लन चोक हुँदै बाराही घाट खेल मैदानमा पुगेर समापन हुनेछ ।

यसै गरी ५ किमि छात्र÷छात्रा दौड पोखरा रंगशालाको गेट नं ६ बाट सुरु भई पृथ्वीचोक, सभागृह चोक, सृजना चोक, जिरो किमी चोक, जरेवर, डिहिको पाटन, हल्लन चोक हुँदै बाराही घाट खेल मैदानमा पुगेर समापन हुनेछ ।

प्रतियोगितामा १० किमि खुला महिला तथा पुरुष दौड विजेता प्रथम, द्वितिय र तृतिय हुनेले जनही नगद २० हजार, १५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिलातर्फ १ सय र पुरुषतर्फ दौड पुरा गर्ने २ सय जनालाई मेडल प्रदान गरिने महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

यसै गरी ५ किमि ५ छात्र÷छात्रा दौडतर्फ दौड विजेता प्रथम, द्वितिय र तृतिय हुनेले जनही नगद १२ हजार, १० हजार र ७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी छात्र तर्फ ३ सय र छात्रातर्फ २ सय जना दौड पुरा गर्नेलाई मेडल प्रदान गरिने छ ।

प्रतियोगितामा गण्डकी प्रदेशबाट विजेता हुने १० किमि महिला तथा पुरुष खुला दौड, ५ किमि छात्र÷छात्रा खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीले सम्मान स्वरुप छुट्टै पुरस्कारको व्यवस्था गरेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले जानकारी दिएका छन् ।

पोखराको औधोगिक घराना लक्ष्मी हाउसको सुजल डेरीको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने सम्पन्न हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई गण्डकी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, कृषि विकास बैंक लिं, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी, स्पोर्टस वेयर एक्स–टेप र केल्मी, पोखरेली मञ्च युके, तमु धिं युके, सहारा युके, बगर भाई खलक युके अध्यक्ष दिलरास गुरुङ, दुर्गा गुरुङ अर्मला (हाल युके) रहेका छन् ।

त्यसै गरी एप्रिला स्कुटरको अधिकृत विक्रेता सिताज लाइफ, हिमालयन कम्पुयुटर, एडभेन्चर नेपाल, गोकर्ण कार्की, कुमुदिनी होम्स मावि, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, बिनोद गुरुङ, बिनोद कायस्थ, जोनी पाहारी (युके) लेकसाइड, हिमा अस एजुकेशन कन्सलटेन्सी, प्रा.डा. विरेन्द्र सिंह गुरुङ, मेजर लक्ष्मी प्रसाद गुरुङ, गण्डकी नुडल्सका निर्देशक किरण केसी, दुतमान गुरुङ, बुद्धाचार्य आभुषण, काठमाण्डौ इन्सिच्युट अफ चाइल्ड हेल्थ, करुणा फाउण्डेशन नेपाल, काठमाण्डौले प्रतियोगिता सफल बनाउन सहयोग गरेका छन् । प्रतियोगिताको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा हुन ‘रन फर फन’ मा ८४ वर्षिक पूर्ण प्रसाद तुलाचन दौडिने छन् भने ७५ वर्षिय टंकलाल श्रेष्ठले १० किमि खुला पुरुषतर्फको दौडमा सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागिताका लागि वरिष्ठ मुटु रोग विशषज्ञ प्रा.डा. भगवान कोइराला पोखरा आउने कार्यक्रम रहेको छ भने चैत्र १२ गतेको दौडको शुभारम्भ पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिसीले गर्ने कार्यक्रम रहेको मञ्चले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.