www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति पौडेलबाट मन्त्री साउदले लिए शपथ

काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हु्न्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए। आजै मन्त्री साउदले मन्त्रालय पुगी पदभार सम्हालेका हुन्।

Batas

कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाईमन्त्री र विसं २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए। कांग्रेस नेता साउँद विसं २०५६ र २०७० मा कञ्चरपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) सँग जोडिएर राजनीतिमा होमिएका उनी विसं २०४३ मा नेविसङ्घको उपसभापति हुँदै २०४८ सालमा केन्द्रीय सभापति भएका थिए। पिता खड्गसिंह साउद र माता कौशिल्यादेवी साउदको कोखबाट विसं २०१९ साउन २५ गते (सन् ९ अगष्ट, १९६२) डडेल्धुरामा जन्मीएका उनीको स्थायी ठेगाना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हो ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.