www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका कानुन मन्त्री थापाको विकास र सामाजिक कार्यमा १४ लाख खर्च

पोखरा
ताण्डव न्युज ।
गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले विकास निर्माण र सामाजिक कार्यमा १४ लाख रुपैयाँ खर्च गरेका छन् । उनले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको बताए ।

‘२०७७ माघ महिनादेखि २०७८ फागुन मसान्तसम्म बैंक खातमा १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ २९ पैसा जम्मा भएको छ । यो रकम बैठकभत्ता देखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको हो,’ उनले भने, ‘सामाजिक कार्य अन्तर्गत क्यान्सर पीडित, दलित बस्तीमा खानेपानी लगायतमा खर्च गर्दा आफूलाई आत्मसन्तुष्टी हुने गरेको छ ।

राजनीति मेरो लागि सेवा हो । पेशाका रुपमा कदापी लिएको छैन् । तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्नेभन्दा पनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु मुल ध्येय हो र निर्वाचित भएदेखिनै यसमा प्रतिबद्ध छु । निर्वाचित हुनुअघि पनि राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गरेको अवगत नै छ ।’ उनले मन्त्री भएपछि प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि नलिएको जानकारी दिए ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.