www.tandavnews.com
Fact ~ In search of truth

शाहलाई थुनामुक्त गर्न उच्च अदालत पोखरामा निवेदन

पोखरा।
बलात्कारको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका अभिनेता पल शाहलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ ।

गत बिहीबार जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आदेश विरुद्ध उच्च अदालत पोखरामा थुनामुक्त गर्न माग गर्दै निवेदन परेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आर्चायले बताए ।

जिल्ला अदालत तनहुँले आदेश दिँदा आधार मानेका विषयमा पनि पल पक्षलाई चित्त नबुझेको भन्दै निवेदन परेको हो । निवेदनमा घटना भएको लामो समयसम्म पनिसँगै काम गर्नेदेखि घुमफिर गरेकाले बलात्कार नभएको पुष्टि भएकाले थुनामुक्त माग गरेका छन् ।

Batas

पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि बलात्कार नभएको पुष्टि गरेको निवेदनमा उल्लेख छ । जाहेरी ढिलो पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरु सँगै काम गरेकाले थुनामुक्त गर्न माग गर्दै निवेदन परेको हो । जिल्ला अदालत तनहुँले शाहका म्यानेजर जोशीलाई अदालतले १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.