www.tandavnews.com
Fact ~ In search of truth

लागू औषधसहित पाेखराबाट एक जना पक्राउ

पोखरा। लागू औषधसहित एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

महोत्तरी बर्दिवास घर भई हाल पोखरा सिमपानी बस्ने ३६ वर्षीय चित्रकुमार मर्साङगीलाइ प्रहरीले साेमबार पक्राउ गरेकाे हाे ।

आरोपितको साथबाट  डाईजापास ६२ एम्पुल, फेनेरागन ६९ एम्पुल र नुर्फिन ३८ एम्पुल गरी जम्मा एक सय ६९ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

Batas

पक्राउ पर्नेलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी बाँकी अनुसन्धान थालिएको पवक्ता तिवारीले बताए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.