www.tandavnews.com
Fact ~ In search of truth

डिपिएल नेपालको दोश्रो राष्ट्रिय अधिवेशन पोखरामा सम्पन्न, अध्यक्षमा संदिप न्यौपाने

पोखरा।
डायनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको दोश्रो राष्ट्रिय अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट संदिप न्यौपानेको अध्यक्षतामा नयाँ राष्ट्रिय समिति चयन भएको हो ।

नयाँ समितिको उपाध्यक्षमा प्रदिप शर्मा बराल, महिला उपाध्यक्षमा लक्ष्मी न्यौपाने, महासचिवमा प्रविन पाठक र कोषाध्यक्षमा रुदिना भट्टराई चयन भएका छन् ।

त्यस्तै सदस्यमा शिव पराजुली, सरोज गुरागाँई, आशिष न्यौपाने चयन भएका छन् । समितिका अन्य सदस्यहरु पछि मनोनित गरिने डिपिएलले जनाएको छ । त्यसैगरि अधिवेशनले कानुनी सल्लाहकारमा राजिब खनाललाई चयन गरेको छ ।

Batas

यसअघि भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक अभियन्ता कर्ण शाक्य, महेश दाहाल, सुभाष चन्द्र भट्टराई, मानवअधिकारकर्मी मुस्कान खातुन, डिपिएलका संस्थापक अध्यक्ष भेषराज न्यौपानेलगाएतको उपस्थिति रहेको थियो ।

डिपिएल २०२१ का अध्यक्ष बिनोद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य डिपिएल युथ बोर्ड गण्डकीका अध्यक्ष बसन्त गिरीले राखेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन सुशिल नेपालीले गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.