www.tandavnews.com
Fact ~ In search of truth

रुपाका १९ स्थानमा फ्रि वाइफाइ जोन

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाको वराहथोक कोट भैरव मन्दिरमा फ्रि वाइफाइ जोन स्थापना भएको छ। मंगलवार  पालिका अध्यक्ष नवराज ओझाले जोन सुरुआत गरेकाछन् ।

वडाकाे १९ स्थानमा फ्रि वाइफाइ जोन बनाइएको छ । पहिलो चरणमा पर्यटकीय क्षेत्र, धार्मिक, सार्वजनिक क्षेत्रमा पर्यटक, गरिब र नेट जोड्न नसक्ने जनतालाई लक्षित गरी यो योजना लागू भएको हाे ।

रुपाका प्राय सबै क्षेत्रमा फाइबर नेट पुगिसकेको छ । यहाँ सबै विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यलयमा इन्टरनेट जोडिएको छ ।  १० लाख रुपैयाँ लगानीमा सबै वडामा फ्रि वाइफाई जोन बनाइएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा पाँच वर्षका लागि इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकसँग पालिकाले सम्झौता गरेको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.