www.tandavnews.com
Fact ~ In search of truth

लागूपदार्थ प्रयोगकर्ताकोे हक खोज्दै रिकभरिङ नेपालले बुझायो ज्ञापनपत्र

पोखरा, ताण्डव न्यूज।
रिकभरिङ नेपाल गण्डकी प्रदेश र अन्य एकाकार संगठनहरुले लागुपदार्थ प्रयोगकर्ताहरूको हक–हित सुनिश्चित गराउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।

रिकभरिङ नेपाल गण्डकी प्रदेश को पहलमा संस्थाका प्रतिनिधीहरूको भेलाबाट निर्णय गरी आयोगलाई ज्ञापनपत्र बुझाईएको रिकभरिङ नेपाल गण्डकीका अध्यक्ष विकास बरूवाल क्षेत्रीले जानकारी दिए । संंघिय कानुनमा सिमान्तिकृृत समुुुुहको अधिकारमुखीकरणका दायित्व, लागु औषध वा पदार्थ प्रयोगबाट हुन सक्ने सम्भावित क्षति र न्यूनीकरणको विषयमा छलफल गरी प्राप्त निष्कर्ष सहित ज्ञापनपत्र बुझाईएको क्षेत्रीले ताण्डव न्यूजलाई जानकारी दिए ।

लागू पदार्थको दुव्र्यसनबाट समाजलाई समयमा नै सजग र सचेत गराई दिगो एवं समुन्नत समाजको विकासका अभिप्रायका साथ अभिमुखिकरण र पाठ्यक्रममा यस सम्बन्धि विषयलाई समावेश गरिनुपर्ने विषयहरु छलफलमा उठेका थिए । विगतमा अयोजित हुँदै आएका कार्यक्रमहरूमा प्रभावितहरुलाई सहभागी नगराईँदा खेप्नुपरेको अप्ठ्याराहरूलाई औँल्याउँदै सरकारले आगामी दिनमा गर्नेसम्पूर्ण विषयगत कार्यक्रमहरूमा समान सहभागिताका लागि दबाव दिने विषयमा समेत छलफल भएको थियो ।

Batas

ज्ञापनपत्र बुझाउने उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाँई, रिकभरिङ नेपाल गण्डकीका अध्यक्ष विकास बरूवाल क्षेत्री, संयोजक सुशील गुरूङ,फ्रेन्डस अफ होपका मनोज कुमार गुरूङ, असल छिमेकीका प्रतिमा बस्नेत, एन.ए.पी.एनका शान्ता मगर र ब्लु डाएमण्ड सासाईटीकी रजनी थकाली र अन्य सहभागी भई आ आफ्नो धारणा व्यक्त गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.