www.tandavnews.com
Fact ~ In search of truth

कास्की लिगः क्वाटरफाईनलका खेल मंगलबार

पोखरा।
कास्कीमा जारी सावित्री निर्माण सेवा कास्की लिगमा लिग चरणका खेल सकिएको छ। पोखरा रङ्गशाला स्थित वैकल्पिक खेलमैदान र पोखरा २५ हेम्जास्थित गौरी शंकर खेलमैदानमा गत २१ गतेदेखि सञ्चालनमा रहेको लिग चरणका खेल हिजाे (सोमबार) सकिएको हो ।

लिग चरणका खेल सकिएसँगै क्वाटरफाईनल खेल पोखरा रङ्गशालामा सञ्चालन गरिने खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार पहिलो समुहबाट हेम्जा युनाईटेड क्लब ८ र नव आदर्श युवा क्लब १० अंक सहित अन्तिम आठमा प्रवेश गरेको छ । दोस्रो समुहबाट विष्णु पादुका क्लब ९ र ड्यामसाईड क्लब १० अंक सहित क्वाटरफाईलमा स्थान बनायो ।

Batas

तेस्रो समुहबाट सत्य युवा क्लब र शितलज्योती क्लब समान १२ अंक सहित छनौैट भयो । अर्काे समुहबाट एलजी एशोसियसन ११ र भ्याली स्पोर्टस् क्लब १० अंक सहित क्वाटरफाईनलमा प्रवेश गर्याे । क्वाटरफाईनलका खेल मंगलबार पोखरा रङ्गशालामै हुने संयोजक गुरुङले जानकारी दिए ।

उनका अनुसार पहिलो खेल नव आदर्श र शितलज्योती बिच हुनेछ । दोस्रो खेल सत्य युवा क्लब र हेम्जा युनाईटेड बिच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेल ड्यामसाईड र भ्याली स्पोर्टस् बिच हुने खेल हुनेछ । अन्तिम खेल विष्णुपादुका क्लबले एलजी एशोसियसनसँग प्रतिस्पर्धा गर्ने एन्फा कास्कीले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.