www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस कार्यकर्ताले पोखरामा धनराजको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम विथोले

पाेखरा

५ दलीय संयुक्त गठबन्धनका तर्फबाट पोखराको मेयरका उम्मेद्वार रहेका धनराज आचार्यले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम काँग्रेसका कार्यकर्ताले विथोलेका छन् ।

कार्यक्रम स्थल पोखरा १२ स्थित एक पार्टी प्यालेस अघि काँग्रेस कार्यकर्ताहरुले गठबन्धन विरुद्ध नाराबाजी गरेपछि घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम सुरु हुन नसकेको हो । आज दिउँसो २ बजेका लागि तय भएको कार्यक्रम अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।

Batas

पोखरा महानगरपालिकामा चुनावी तालमेल गर्ने निर्णयविरुद्ध पोखराका काँग्रेस कार्यकर्ताहरुले विरोधमा नाराबाजी गरिरहेका छन् । सत्ता गठबन्धनबीच देशका अरू पालिकाजस्तै पोखरामा पनि तालमेल गर्ने सहमति भएको छ ।

पोखराका ३३ मध्ये वडा नं १५, १८, २४, लगायत केही वडा साझेदार दललाई छाड्ने निर्णयविरुद्ध कांग्रेस कार्यकर्ताल प्रदर्शन गरेका हुन् । ती वडामा काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराईसकेका छन् । मनोनयन फिर्ता लिएर अरु दललाई सुम्पिन नसकिने काँग्रेस प्रतिनधिहरुको माग छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.