www.tandavnews.com
Fact ~ In search of truth

३०० एम्पुल लागूऔषधसहित बागलुङका संगम र जीवन पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

लागूऔषध सहित आज दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका २ का २२ वर्षीय संगम बस्याल र काठेखोला गाउँपालिका–१ बस्ने २२ वर्षीय जीवन के.सी रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

उनीहरुको साथबाट नुर्फिन १००, डाईजेपाम १००,र फेनरागन १०० एम्पुल गरि ३०० एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले कावासोती नगरपालिका ८खरकुट्टा जंगलस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा लागूऔषध सहित पक्राउ गरेको हो ।

उनीहरु लगूऔषध बोकी ध १ प ५६९१ नम्बरको मोटरसाईकलमा सवार रहेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.