www.tandavnews.com
Fact ~ In search of truth

जीप दुर्घटनामा मृत्यु

गोरखा।

गोरखाको सिरानचोक गाउँपालिका–५, आरुबोटेमा सोमबार साँझ जन्ती बोकेको जीप दुर्घटनामा पर्दा लमजुङ घर भई काठमाडाैँ महानगरपालिका– १६ बस्ने ५१ वर्षका पदम न्यौपानेको निधन भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका तीनमध्ये एक न्यौपाने रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । यसअघि प्रहरीले दिएको सूचनामा त्रुटिबस कमलराज दानीको नाम पर्न गएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सच्च्याइएको जनाएको छ । चितवनबाट जन्ती बोकेर गोरखा आएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप फर्कने क्रममा फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.