www.tandavnews.com
Fact ~ In search of truth

ढोरपाटन : मेयरका एमाले उम्मेद्वारमाथि आक्रमणको प्रयास, प्रहरी प्रशासन मौन

पोखरा।

बाग्लुङको ढोरपाटन नगरपालिकामा एमालेबाट मेयर पदका उम्मेद्वार देवकुमार नेपालीमाथि आक्रमणको प्रयास गर्नेमाथि पीडितले कारवाहीको माग गरेका छन ।

शुक्रबार भएको स्थानीय तह चुनावमा मतदान सकिएर सबै मतपेटिका शंकलन कार्यपछि भएको सर्बदिलय बैठक सकिने वित्तिकै उम्मेद्वार नेपालीमाथि गठबन्धन तर्फका कार्यकर्ताहरुले आक्रमण प्रयास गरेका थिए । उम्मेद्वार नेपालीलाई लक्षित गरी प्रहार गरिएको खुकुरीको चोट एमालेका कार्यकर्ताले रोक्ने क्रममा भिम बहादुर विक घाईते भएका छन् । उनको टाउको र ढाडमा खुकुरी प्रहार भएको छ । घाईते भएका विकलाई थप उपचारका लागि हेलिकोप्टर बाट पोखराको मणिपाल अस्पताल ल्याईएको छ ।

Batas

साथै अर्का एक कार्यकर्ताको खुट्टा भाँचिएको उम्मेद्वार नेपालीका छोरा सन्तोष नेपालीले ताण्डव न्यूजलाई जानकारी दिए । “हामीमाथि गठबन्धनका कार्यकर्ताले सुनियोजित रुपमा सांघातिक आक्रमण गर्दा पनि प्रहरीले कुनै वास्ता गरेन” नेपालीले भने “ हाम्रो होटल दरबार मा पनि ढुंगा मुढा गरेर तोडफोड गरेका छन् ।” उनीहरुले अराजक गतिविधि गरेको र प्रहरी प्रसासन मुकदर्शक बनेको उनको भनाई छ ।

“व्यक्तिमाथि आक्रमण मात्र होईन उनीहरुले हाम्रो होटल समेत पुरै तोडफोड गरेका छन, र पार्किङ गरेर राखेको गाडि समेत तोडफोड भयको छ ।” उनले ढोरपाटनका प्रहरी कार्यालयका ईन्सपेक्टरले पूर्वाग्रही ढंगले असहयोग गरेको समेत आरोप लगाए । “ढोरपाटनका ईन्सपेक्टर राजेश कुमार शर्मा अधिकारीलाई हामीले धेरै पटक फोन गरेर घटनाबारे जानकारी गरायौँ, तर उहाँ उल्टै हाँस्नुभयो, टोली पठाउँछौँ भन्नुभयो, तर पठाउनुभएन,उनले भने । प्रहरीलाई खबर गर्दा नआएपछि, पछि शसस्त्रको टोलीले आफूहरुलाई सहयोग गरेका कारण घाईतेहरुलाई अस्पताल लैजान सक्ने स्थिति बनेको उनले बताए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.