www.tandavnews.com
Fact ~ In search of truth

मूल्य बृद्धि, मल अभाव र बजेटबारे एमाले कास्कीद्वारा ध्यानाकर्षण

पोखरा ।

नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार जिल्ला पार्टी कार्यालयमा सचिवालयको दोश्रो वैठक सम्पन्न भएको होे ।

जिल्ला कमिटी कास्कीका अध्यक्ष मन बहादुर गुरुङ्गको अध्यक्षतामा बसेको वैठकले स्थानिय तह निर्वाचनको परिणामको समिक्षा,संगठित सदस्यता नविकरण र प्रविधियुक्त सदस्यता नविकरण अध्यावधि गराउने साथै यस बीचमा कार्यालय टिमबाट भएका निर्णयहरुलाई अनुमोदन गर्दै भावी कार्ययोजनाहरु बारेमा छलफल गरी आगामी जिल्ला कमिटीको वैठकको मिति तय गरेको छ ।

Batas

आज एक विज्ञप्ति जारी गर्दै पार्टीले ५ दलिय गठवन्धनको सरकारले सत्ताको चरम दुरुपयाग गरि कर्मचारी क्षेत्रमा व्यापक राजनीतिकरण गरेको, मूल्य वृद्धिले जनताको दैनिक जिवन कष्टकर भईरहेको र धान खेतीको रोपाई गर्ने बेलामा बजारमा रसायनिक मल (डिएपी)को चरम अभाव हुदाँ पनि सरकार मुखदर्शक बनेको आरेाप लागाउदैँ तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ ।

‘जनताको दैनिक जिवन कष्टकर भईरहेको छ । पेट्रोलियम पदार्थको चरम मूल्य वृद्धिले हरेक क्षेत्रमा यसको असर परेको बेला सरकारका अर्थमन्त्री मध्यरातमा विचौलियाहरुलाई बोलाएर करको दर रेट हेरफेर गर्दै रातारात अरवौं रुपैंयाको अपचलन गर्दै गरेको घटनाले राज्यको शिर निहुरिएको छ । आकासिदो मूल्य वृद्धि नियन्त्रण गरी जनतालाई राहत पुग्ने खालका कार्यक्रमहरु तत्काल ल्याउन सरकारसँग जोडदार माग गर्दछौं,’पार्टीले पछिल्ला दिनहरुमा भइरहेको मूल्य बृद्धिबारे उल्लेख गर्दै भनेको छ ।

बर्षायाम शुरु भएको अवस्थामा पनि कास्की जिल्लाका विभिन्न स्थानमा ग्रामिण सडक,पुलहरु बाढी पहिरोले क्षति पु¥याउँदा दैनिक आगमनमा असर पारेको र त्यस्ता सडक र पुलहरु तत्काल मर्मत र सुधार गरी यातायात सुव्यवस्थित गर्न सम्बन्धित निकायहरुको गम्भिर हुनुपर्नेमा पार्टीले जोड दिएको छ ।

साथै कास्कीका उच्च जोखिममा रहेका वस्ती,क्षेत्रहरुको बारेमा जोखिम न्यूनिकरण गर्ने र शिघ्र विपद व्यवस्थापनको कार्ययोजना बनाई अगाडि बढ्न सम्बन्धित सम्पुर्ण सरोकारवालालाई आग्रह गरिएको छ । बैठकले संघिय र प्रदेश सरकारले ल्याएको योजना र बजेटमा क्रमागत रुपमा रहेका महत्वपुर्ण योजनाहरु कटौती भएका र साना–साना कनिके खोल्टीका योजनाहरु राजनीतिक स्यार्थका साथ ल्याईएको निष्कर्ष निकालेको छ ।

यसरी राजनैतिक कुण्ठाले प्रेरित भएर आएका कुराहरुलाई समयमा नै सच्याउन नेकपा(एमाले)कास्की माग गरेको छ ।

साथै जिल्ला कमिटी कास्कीले वर्षातको समय बाढी,पहिरोको ठूलो जोखिम रहेको समय सम्पुर्ण कस्केली जनतालाई सचेत रही सुरक्षित रहन,विशेष ध्यान पु¥याउन,जोखिम न्यूनिकरण र सम्भावित जोखिमको पूर्व तयारीका विधिहरु समेत अपनाउन अनुरोध गरेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.