www.tandavnews.com
Fact ~ In search of truth

बाघको छालासहित चार जना पक्राउ

कैलाली ।
कैलाली प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

गए राति सवा १२ बजेतिर कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका वडा नम्बर २ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका वडा नम्बर ६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका वडा नम्बर २ का राजेन्द्र सिंह भण्डारी रहेका छन् ।

Batas

उनीहरूको साथबाट एक थान बाघको छाला र २ किलो बाघको हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेशप्रकाश जोशीले जानकारी दिए।

पक्राउ परेका सबैलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय कैलाली पठाइने प्रवक्ता जोशीले बताए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.