www.tandavnews.com
Fact ~ In search of truth

विकास, सुशासन र पारदर्शिताको आन्दोलनमा समस्त महिलाको साथ आवश्यक छ : अध्यक्ष ओली

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरितालिका तीज तथा सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्दै ओलीले सांस्कृतिक पर्व तीजले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्ने बताएका छन्।

ओलीले पर्वका नाउँमा भित्रिरहेको  सामाजिक विकृतिलाई सबै मिलेर अन्त्य गर्न आवश्यक रहेको सन्देशमा उल्लेख गरेका छन्।

Batas

सन्देशमा आलीले  नेकपा (एमाले) राष्ट्रका अभिभारा पूरा गर्न स्पष्ट नीतिका साथ अघि बढेको बताउनुहुँदै समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्ने गन्तव्यमा पुग्न एमालेले तय गरेको अभियानमा साथ दिन आग्रह गरे।

ओलीले सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको आन्दोलनलाई सफल बनाउन समस्त महिला दिदीबहिनीहरूको बलियो साथ रहने विश्वास सन्देशमा व्यक्त गरे।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.