www.tandavnews.com
Fact ~ In search of truth

रत्नपार्कमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौँ 
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्कस्थित केन्द्रीय कार्यालय परिसरमा मङ्गलवारबाट विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

चार्जिङ स्टेसनको एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरेकी छन्।

विद्युत् खपत प्रवद्र्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Batas

देशका प्रमुख शहर तथा राजमार्गहरूमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरूको स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ । २६ वटा जीबीटी (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा सीसीएस (साना ठूला कारहरू) चार्जरहरु रहेका छन् ।

जसका लागि आवश्यक एनएसपी (नेशनल सर्भिस प्रोभाइडर)प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ । एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् । चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिने छ ।

हाल निर्माण भइरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डिसी प्लस, २२ किलोवाट एसी रहेको छ । यद्यपि १२० किलोवाट डिसीसम्म पनि सिङ्गल डिसी गनले गाडीहरू चार्ज गर्न सक्ने छ ।

प्राधिकरणका अनुसार नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।

चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने देखिन्छ । चार्जिङ स्टेसन सञ्चालकले विद्युतीय सवारी साधनलाई चार्जिङ सेवा दिएबापत महसुल दरमा प्रति किलोवाट घण्टा(युनिट) मा अधिकतम २० प्रतिशतसम्म थप गरी लिन पाउने व्यवस्था रहेको छ ।

यस अधि नेपाल विद्युत् प्राधिकरण र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बीच छुट्टा छुट्टै सम्झौता भई विद्युतीय चार्जिङ्ग स्टेशन निर्माण तथा सञ्चालन गर्ने सम्बन्धमा सहमति भएको छ ।

May be an image of 3 people and people standing

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.