www.tandavnews.com
Fact ~ In search of truth

माओवादी अध्यक्ष दाहाल र अध्यक्ष ली चान्शुबीच भेटवार्ता

काठमाडौं ।
नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले लीको भ्रमणप्रति खुशी व्यक्त गरेका छन्। अध्यक्ष लीको नेपाल भ्रमण चिनिया नेशनल कङ्ग्रेसको  अध्यक्षको हिसाबले पहिलो विदेश भ्रमण भएकोले यो भ्रमणले नेपाल चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

Batas

अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सिं जिन पिङको सन् २०१९ को नेपाल भ्रमणको स्मरण गर्दै  नेपाल चीन सम्बन्धको सबै पक्षको प्रशंसा गरे।

अध्यक्ष लीले आफ्नो भ्रमण कोभिड –१९ पश्चात् पहिलो विदेश भ्रमण रहेको बताउदै नेपाल चीनको आपसी मित्रता सम्बन्ध मित्रता र सहकार्य आगामी दिनमा अझ बलियो हुने बताए।

भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.