www.tandavnews.com
Fact ~ In search of truth

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो

काठमाडौँ ।
प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरासँग बयान लिने क्रम सम्पन्न गरेको छ ।

समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराले समितिले तयार पारेको ४३ मध्ये आज बाँकी ८ प्रश्नको जवाफ दिएपछि बयान दिने क्रम सकिएको हो ।

बयानका क्रममा उनले आफ्नो बचाउ गरेकाे समितिका सदस्य एवं काँग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिए।

Batas

बयानमा जबराले नाम लिएकाहरुसँग पनि समितिले छलफल गर्ने तयारी गरेको छ ।

साथै नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीशलगायतलाई बोलाउने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.