www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बजाज पल्सर १२५ एनएस सार्वजानिक

पोखरा
ताण्डव न्यूज।
पोखरामा बजाज पल्सर १२५ एनएस को लन्च भएको छ । पोखराका लागि आधिकारिक विक्रेता इच्छाशक्ति अटोमोबाइल प्रालिले पल्सर एनएस सार्वजनिक गरेको हो । बजाज पल्सरको बुधबार पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापतिले सार्वजानिक गरेका थिए । उनले बाइक अत्यावश्यक र अपरिहार्य भएको बताए । उनले इच्छाशक्ति अटोमोबाइलले नया लन्च गरेको १२५ बाइक पल्सरले सबैको मन जित्नेमा विश्वास व्यक्त गरे ।

सो अवसरमा नवनिर्वाचित उद्योग वाणिज्य संघका पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष मोहनबाबु खड्काले पोखराका लागि बजाज पल्सर १२५ एनएस बिल्कुलै नयाँ मोडल भएकोले रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

Batas

इच्छाशक्ति अटोमोबाइलका निर्देशक इच्छामान बुद्धचार्यले अटो क्षेत्रमा २४ वर्ष काम गरेको सुनाए । उनले इच्छाशक्ति अटोमोबाइलले नयाँनयाँ बजाजको मोडल ग्राहकवर्गको लागि ल्याउँदै आएको बताए । १२५ पृथक डिजाइले सुसजिज्त भएकाले छुट्टै स्थान बनाउन सफल हुने अपेक्षा उनको छ ।

संस्थाका म्यानेजर भगवान बिजुक्छेका अनुसार एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुला गरिसकेको छ । गत वर्ष भारतीय बजारमा सार्वजनिक भएको बजाज एनएस १२५ पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल हो । उनले पल्सर १२५ एनएस पृथक डिजाइन, उत्कृष्ट पर्फमेन्स, एवं आरामदायी हुने बताए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.