www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा एउटै च्याङ्ग्राको मूल्य ४८ हजार

पोखरा ।
पोखरामा भेडा, च्याङ्ग्राको मूल्य अचाक्ली बढेको छ । मुस्ताङबाट बडा दसैँको लागि बेच्न ल्याइएका भेडा, च्याङ्ग्राको मूल्य प्रति गोटा ४८ हजारसम्म पर्न गएको छ । यो मूल्य पोहोर परारको तुलनामा अचाक्ली हो । चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका बन्द हुँदा यस वर्ष दसैँका लागि पोखरा ल्याइएका भेडा, च्याङ्ग्रा महगों पर्न गएको बताइएको छ ।

कोरला नाका बन्द हुँदा तिब्बतबाट भेडा, च्याङ्ग्रा कम आएपछि मुस्ताङमै महँगिएको छ । कोरोना भाइरसका कारण विगत तीन वर्षदेखि उत्तरी कोरलानाका बन्द अवस्थामा छ । नाका बन्द भएपछि मुस्ताङ र डोल्पाका पशुपालक तथा व्यापारीले च्याङ्ग्रा खरिद गर्न नपाएपछि यो वर्ष भेडा, च्याङ्ग्राको सङ्ख्या न्यून छ जसका कारण मूल्य वृद्धि भएको हो ।

कोरोना अगाडि कोरला नाकामा हुने व्यापार मेलामा मुस्ताङ र डोल्पाका स्थानीय व्यापारी तथा पशुपालकले भेडा, च्याङ्ग्रा खरिद गर्ने गरेकोमा कोरोनाकै कारण चीनले उत्तरी कोरलानाका खुला नगर्दा मुस्ताङ र डोल्पामै भेडा, च्याङ्ग्राको अभाव खट्किएको हो ।

Batas

दसैँ पर्वको सेरोफेरोमा औसत जोमसोममा करिब २३ हजारको सङ्ख्यामा भेडा/च्याङ्ग्रा झर्ने गरेको रेकर्ड छ । यद्यपि मुस्ताङबाट बजार झारिने भेडा/च्याङ्ग्राको भेटेनरी परीक्षण गर्दा व्यापारीले एकिन तथ्याङ्क पेश नगर्दा भेडा/च्याङ्ग्रा कति झरे भन्ने तथ्याङ्क निकाल्न समस्या पर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका पशु चिकित्सक डा. सुधिर थापाले बताए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.