www.tandavnews.com
Fact ~ In search of truth

नेपाल प्रवेश गर्‍याे सलह

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि देखिएकाे छ । भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार सलह कीराका समूह देखिएको हो। यसबाट हुन सक्ने क्षति कम गर्न कृषि मन्त्रालय योजना सहित प्रतिकार्यमा जुटिसकेको जनाइएको छ ।

यस कीराले कृषि बालीमा क्षति पुर्‍याउँछ। सलह कीरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ।

यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ। यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.