www.tandavnews.com
Fact ~ In search of truth

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज (सोमबार) उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ ।

उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सी २६ गतेको समय दिइएको छ । पर्सी २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगले जनाएको छ ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.