www.tandavnews.com
Fact ~ In search of truth

नवौंँ राष्ट्रिय खेलकुदः एक सय ७३ स्वर्णसहित आर्मी अग्रस्थानमा

पाेखरा।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिमचरणमा आइपुग्दा विभागी टिम नेपाल आर्मी एक सय ७३ स्वर्णसहित अग्रस्थानमा छ । लगभग सबै पदकको छिनाफानो हुने क्रममा आर्मीले एक सय ३७ स्वर्णसहित कूल तीन सय ६९ पदक हात पारेको हो ।

नवौंँ राष्ट्रिय खेलको दोस्रो स्थान एपिएफले सुरक्षित गरेको छ । एपिएफले ६२ स्वर्णसहित दुई सय १८ पदक हात पारेको छ भने नेपाल पुलिस ६१ स्वर्णसहित एक सय ९३ पदक जित्दै तेस्रो स्थानमा छ ।

त्यस्तै आयोजक गण्डकी ३२ स्वर्णसहित एक सय १९, बागमती २२ स्वर्णसहित एक सय ४२, प्रदेश नं १ः १० स्वर्णसहित ८३, सुदूरपश्चिम १० स्वर्णसहित ६३, एनआरएनए १० स्वर्णसहित २६, लुम्बिनी सात स्वर्णसहित ६८, मधेश पाँच स्वर्णसहित ३९ र कर्णालीले दुई स्वर्णसहित १८ पदक हात पारेको छ ।

नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहकाबीच आज समापन गरिँदैछ । असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए । प्रतियोगिताको प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गर्न लागिएको हो ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.