www.tandavnews.com
Fact ~ In search of truth

सावित्री गिरिको कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक(भिडियोसहित)

पाेखरा।
गायक मौसम गुरुङ र गायिका शर्मिला गुरुङको स्वर रहेको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक भएको छ ।

गीतमा सावित्री गिरिको शब्द रहेको छ । सारेगम रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको चन्चले मनमा शर्मिला गुरुङको संगीतमा मादल खड्गा बुढा, खैजडीमा दुर्गा गुरुङ, मनांग गुरुङ र बाँसुरीमा गोपाल नेपाली रहेका छन्। दिवान किनारले एरेञ्ज गरेको गीतको भिडियोलाई निर्देशन पुकार श्रेष्ठले गरेका छन् । भिडियोमा मोडल पूजा गुरुङ र मनोज थापाले अभिनय गरेका छन्।

पोखराको परिवेशलाइ समेटेर निर्माण गरिएको गितमा माया पिरती पनि समेटिएको छ। आफ्नो परम्परा आनुसार को भेषभुषा झल्किने गरि गीतलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ। उक्त गीत सावित्रा गिरि युटुवच्यानल मार्फत सार्वजनिक भएकाे छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.