www.tandavnews.com
Fact ~ In search of truth

मुलुकको अर्थतन्त्र सुधार गर्न सबैको समन्वय आवश्यक : राष्ट्रपति भण्डारी

रुपन्देही 
राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापार घाटा बढ्दै गइरहेको र निर्यात कम भई आयात नियन्त्रण नभएकाले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन्।

बिहीबार बुटवलमा रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५ औँ औद्योगिक प्रदर्शनी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती सामना गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताएकी हुन्। ‘व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सञ्चितीमा चाप परेकोले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरेको छ, सबै मिलेर यसलाई लयमा फर्काउनुपर्ने छ । ’ उनले भनिन् ।

आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडीबुटीजन्य उद्योग स्थापनामा जोड दिएर निर्यात बढाउनुपर्ने बताउँदै उनले भनिन् । ‘अब जडीबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’

Batas

राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताउँदै यसतर्फ ध्यान दिन आग्रह गरिन्।

रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न, गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको थप विकास गरेर पर्यटन प्रवद्र्धनमा ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराइन्। “विमानस्थललाई व्यवस्थित रूपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकाससँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिन्छ, यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ”,उनले भनिन्।

राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै महिलाहरूलाई उद्यमशीलताबाट स्वावलम्बन गराउन आग्रह गरिन्। उद्योग क्षेत्रको विकासको लागि सबैको हातेमालो जरुरी रहेको बताउँदै राष्ट्रपति भण्डारीले स्वदेशी वस्तुको उत्पादन र प्रयोग राज्यका सबै निकायले ध्यान दिनुपर्ने योजना बनाउन आग्रह गरेकी छन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.