www.tandavnews.com
Fact ~ In search of truth

नीति कार्यक्रम र सरकारको प्रभावकारिताका विषयमा छलफल

काठमाडौँ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज भएको भेटवार्तामा उनीहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। “उहाँहरुबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा विहङ्गम छलफल भयो”, उनले भने।

दाहाल नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयका बारेमासमेत उनीहरुबीच छलफल भएको मल्लले जानकारी दिए। “सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको निर्णयलाई कार्यान्वयन तहमा लैजाने विषयमा कुराकानी भयो”, उनले भने।

Batas

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुबीच थप छलफल हुने स्वकीय सचिव मल्लले जानकारी दिए। सो बैठकमा सत्ता साझेदार दलहरुको शीर्ष नेता सहभागी हुने उनको भनाइ छ । सरकार विस्तार, प्रदेश सरकारको बाँडफाँडका बारेमा आजको बैठकमा अनौपचारिक छलफल भए पनि त्यसले भोलि औपचारिकता पाउने उनले जानकारी दिए।

प्रधानमन्त्री दाहालले आजै पूर्वप्रधानमन्त्री माधकुमार नेपालसँग पनि परामर्श गर्नुभएको जानकारी दिँदै उनले सो क्रममा सरकारलाई समर्थन र सहभागिताका लागि आग्रह गरेकाे  जानकारी दिए। रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.